१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सुधार गर्नुपर्छः अध्यक्ष ढकाल



file
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको बताउनु भयो । उहाँले सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउनको लागि सबै भन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरु भयो । त्यसले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको छ । चीनसँगका सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको अवस्था छ । नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक छ । सीमा नाकाहरु जोड्ने सडक सञ्जाललाई व्यवस्थित बनाउन पहल गर्नुपर्ने छ ।’

अध्यक्ष ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरु भएकाले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको दाबी गर्नुभयो ।