८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा



अ+ अ-

वीरगञ्ज । पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ । 

जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने इरिक्सा र अटोरिक्साका चालकसँग सवारी साधन अनुमतिपत्र हुने गरेको छैन । बजार आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारी साधनको चालकसँग भने सवारी चालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।

जहाँ भन्यो त्यही पु¥याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले इरिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारी साधन चलाउन बाध्य भएको देखिन्छन् ।

ट्याम्पु र इरिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय ९सवारी चालक अनुमतिपत्र० वीरगञ्जले पटकपटक फारम खुलाएर सी—क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले राससलाई बताउनुभयो ।

पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने ट्याम्पु चालक दिल प्रसादले आफूसँग सवारी चालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करीब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०—१५ जनासँग मात्र सवारी चालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शङ्कर गोसाईंको भनाइ छ ।

सवारी चालक अनुमतिपत्रका लागि पटकपटक धाउँदासमेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले रु २५ हजारसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र ट्याम्पु चलाउँदै आएको अधिकांश चालकहरूको गुनासो छ ।

चालकहरू भन्छन्, “विना अनुमतिपत्रले ट्याम्पु र इरिक्सा चलाउँदा बाटोमा ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको छ भने सो जरिवाना तिर्न हाम्रो बाध्यता रहेको छ । सवारी चालक अनुमतिपत्र विना इरिक्सा र ट्याम्पु चलाउने समस्या पर्सा जिल्लाबाहिर अन्य जिल्लामा पनि रहेको छ । धेरैले चालक अनुमतिपत्र बनाइसकेको छ र जसले सवारी चालक अनुमतिपत्र विना चलाइरहेको फेला परेमा त्यस्तोलाई कारवाहीसमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको भनाइ छ ।

पर्सा, बारा र रौतहट गरी यातायात व्यवस्था कार्यालय ९सवारी० वीरगञ्ज शाखामा हालसम्म ३५ हजार ९४७ वटा दर्ता भएका छन् भने २०४४ सालदेखि हालसम्म १४२ इरिक्सा र एक हजार ८८४ वटा ट्याम्पु चालकले मात्र सवारी चालक अनुमतिपत्र लिएको सो कार्यालयले जनाएको छ ।

इरिक्सामा कुनै पनि प्रदेशमा कर लाग्दैन तर प्रदेश नं २ मा प्रति इरिक्सा रु पाँच हजार कर लिने गरेकाले कतिपय इरिक्सा दर्ता विना नै सञ्चालनमा रहेको छ । इरिक्सा र ट्याम्पुको अव्यवस्थित पार्किङले वीरगञ्जका प्रमुख व्यापारिक बजार अस्तव्यस्त बनेको छ भने चालकको लापरवाहीको कारण दुर्घटनासमेत बढेको छ । रासस