२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा
अ अ+ अ-

वीरगञ्ज । पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ । 

जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने इरिक्सा र अटोरिक्साका चालकसँग सवारी साधन अनुमतिपत्र हुने गरेको छैन । बजार आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारी साधनको चालकसँग भने सवारी चालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।

जहाँ भन्यो त्यही पु¥याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले इरिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारी साधन चलाउन बाध्य भएको देखिन्छन् ।

ट्याम्पु र इरिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय ९सवारी चालक अनुमतिपत्र० वीरगञ्जले पटकपटक फारम खुलाएर सी—क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले राससलाई बताउनुभयो ।

पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने ट्याम्पु चालक दिल प्रसादले आफूसँग सवारी चालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करीब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०—१५ जनासँग मात्र सवारी चालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शङ्कर गोसाईंको भनाइ छ ।

सवारी चालक अनुमतिपत्रका लागि पटकपटक धाउँदासमेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले रु २५ हजारसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र ट्याम्पु चलाउँदै आएको अधिकांश चालकहरूको गुनासो छ ।

चालकहरू भन्छन्, “विना अनुमतिपत्रले ट्याम्पु र इरिक्सा चलाउँदा बाटोमा ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको छ भने सो जरिवाना तिर्न हाम्रो बाध्यता रहेको छ । सवारी चालक अनुमतिपत्र विना इरिक्सा र ट्याम्पु चलाउने समस्या पर्सा जिल्लाबाहिर अन्य जिल्लामा पनि रहेको छ । धेरैले चालक अनुमतिपत्र बनाइसकेको छ र जसले सवारी चालक अनुमतिपत्र विना चलाइरहेको फेला परेमा त्यस्तोलाई कारवाहीसमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको भनाइ छ ।

पर्सा, बारा र रौतहट गरी यातायात व्यवस्था कार्यालय ९सवारी० वीरगञ्ज शाखामा हालसम्म ३५ हजार ९४७ वटा दर्ता भएका छन् भने २०४४ सालदेखि हालसम्म १४२ इरिक्सा र एक हजार ८८४ वटा ट्याम्पु चालकले मात्र सवारी चालक अनुमतिपत्र लिएको सो कार्यालयले जनाएको छ ।

इरिक्सामा कुनै पनि प्रदेशमा कर लाग्दैन तर प्रदेश नं २ मा प्रति इरिक्सा रु पाँच हजार कर लिने गरेकाले कतिपय इरिक्सा दर्ता विना नै सञ्चालनमा रहेको छ । इरिक्सा र ट्याम्पुको अव्यवस्थित पार्किङले वीरगञ्जका प्रमुख व्यापारिक बजार अस्तव्यस्त बनेको छ भने चालकको लापरवाहीको कारण दुर्घटनासमेत बढेको छ । रासस