९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

जल सम्पदाको संरक्षण र नैतिक समाजको पुनर्जागरण गर्न ब्राह्माण्डीय महायज्ञ

जल सम्पदाको संरक्षण र नैतिक समाजको पुनर्जागरण गर्न ब्राह्माण्डीय महायज्ञ
अ अ+ अ-

काठमाडौँ । सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी फागुन ९ देखि २३ गतेसम्म पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकीको पावन तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित बागलुङको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोटमा हाम्रा सत्सङ्कल्प र आयोजनामा महायज्ञ आह्वान गरिएको हो ।

पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षण गर्नुका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा हामीले गरेका छौँ । देवभूमि पवित्र नेपालका विभिन्न स्थानमा धाम र सुप्रसिद्ध तीर्थस्थलको स्थापना गर्दै आएका हामीले अहिले नेपालमै पहिलोपटक यस प्रकारको ब्रह्माण्डीय महायज्ञको परिकल्पना गरेका छौँ ।

पञ्चकोटधामको स्थापना पनि हामीले नै हाम्रा अनुयायी एवं नेपालका हिन्दू बैदिक सनातन धर्मको रक्षार्थ युगौँदेखि लागि पर्नुभएका नेपाली जनहरुको सहयोग र सद्भावमा दश वर्ष अघि स्थापना गरेका हौँ । सोही स्थानमा प्रसिद्ध कृष्णगण्डकी, मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणका लागि वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, पञ्चकोटमा जलसम्पदाको संरक्षणको प्रतिकस्वरुप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिन तथा वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजाको पुनर्जागरण गर्न अहिलेसम्मको सबैभन्दा ठूलो र नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो ।

हाम्रो मातृभूमि जल, जङ्गल र वनौषधिका लागि विश्वकै धनी हो । यही देवभूमिले नै जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापी रुपमा दिनुपर्नेछ । त्यसैले जल संरक्षणको प्रतीकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिनु हाम्रो कर्तव्य हुन आउँछ । मानवीय कारणले नै अहिले विश्वमा धेरै सङ्कट हाम्रासामु देखिँदैछन् र जलवायु परिवर्तन यस्तै एउटा नयाँ सङ्कटको स्वरुप हो भन्ने हामीलाई लाग्दछ । यो सङ्कटले विश्वमा नै निकट भविष्यमै पानीको सङ्कट निम्त्याउँदो छ । पानी नै नरहे कसरी चल्छ यो चराचर जगत् रु

यस विषयमा अहिलेको पुस्तालाई अहिल्यैदेखि सचेत, सजग र जानकार गराउनु जरुरी ठानेर नै हामीले पञ्चकोटबाट जल सम्पदा संरक्षणको अभियानको उद्घोषसहित यो प्रतीक निर्माण कार्यको थालनी गरेका हौँ । यहाँ निर्माण हुने तामाको कलश विश्वकै ठूलो हो र यसमार्फत विश्वमा र नेपालमा पनि जल सम्पदाको महत्व र यसको संरक्षणको सन्देश दिन खोजिएको छ । यहाँ कम्तीमा पनि दुई हजार पाँच सय जना मानिस अट्ने क्षमताको बह्य स्वरुप रहने कलश निर्माण गर्ने हाम्रो योजना छ । यस महायज्ञमा प्रयोग भई बाँकी रहेको रकम यही कलशको निर्माण पूर्णताका साथै पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने हाम्रो योजना रहेको छ ।

किन ब्रह्माण्डीय महायज्ञ ?

विभिन्न तत्वबाट एक ब्रह्माण्डको निर्माण हुन्छ र ईश्वरको सङ्कल्पले मात्र पृथ्वीजस्ता अनन्तकोटी ब्रह्माण्डको सृष्टि, स्थिति र लय हुन्छ । विभिन्न तत्वबाट एक ब्रह्माण्डको निर्माण हुन्छ भन्ने शास्त्रकार मनिषीहरुको फरकफरक मत पनि छ । तर पनि यी हरेक तत्वका अधिष्ठाता भनेका यसै ब्रह्माण्डका देवीदेवता नै हुन् । यसरी समस्त ब्राह्माण्डका तत् तत् देवीदेवतालाई कलशमा आह्वान गरी पूजन र यजन गरिने भएकाले यो अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हो । भोलि के होला म आजै भन्न सक्दिन तर यस्तो महायज्ञ विश्वमा अहिलेसम्म कतै भएको मलाई जानकारी छैन ।

यस ब्रह्माण्डीय सृष्टिमा रहेका सबै देवीदेवतालाई यस महायज्ञामा विधिपूर्वक आह्वान गरी पूजन गरिन्छ । एउटै महायज्ञमा हुने यसप्रकारको आह्वान र बृहत् महत्वको अनुष्ठान वीरलै पाइन्छ । त्यसैले पनि धान्याचलसहितको यो अभूतपूर्व महायज्ञमा प्रत्यक्ष सहभागी हुनेको मनको सङ्कल्प पूरा हुनेछ । यसकारण हामी यस महायज्ञमा पूर्ण सक्रियताका साथ सहभागी हुन सम्पूर्ण देशवासीलाई हार्दिक आमन्त्रण र अपिल गर्दछौँ । राष्ट्रकल्याण हाम्रो पहिलो सङ्कल्प हो । राष्ट्र रहे नै हामी रहने हो र हामीले हाम्रै राष्ट्रको धर्ती टेक्ने हो । त्यसपछि महायज्ञमा सहभागी भक्तालुले आफ्नो कल्याणका खातिर पनि आफूले कल्पना गरेको पूरा हुनेछ ।

महायज्ञको विधि र प्रक्रिया

महायज्ञमा सवालाख श्रीफल ९नरिवल० हवनजस्तो महाअनुष्ठानसहितको कार्यलाई पनि सफल बनाउने प्रयत्न जारी छ र हुन्छ पनि । यस महायज्ञामा सवालाख श्रीफल हवनका लागि छुट्टै विशाल हवनकुण्ड बनाइएको छ र यस कुण्डमा जगज्जननी श्रीपञ्चमहालक्षी माताको वैभवपूर्ण कृपा प्राप्त गरी राष्ट्र समुन्नति, विश्वशान्ति र सत्कामना परिपूर्तिका लागि सवालाख श्रद्धालु भक्तजनबाट काजु, किसमिस, बदम, सर्वौषधि, पञ्चगव्यलगायतका ५४ प्रकारका हवनीय द्रव्यहरुले भरिएको श्रीफल हवन गरिने छ । यहाँ होम गर्न इच्छुकले सुख्खा नरिवलको एक दाना आफैँले लिएर जान पनि सूचित गरिएको छ ।

त्यसैगरी महायज्ञको पञ्चकुण्डात्मक हवनअन्तर्गत शास्त्रीय विधिअनुसार निर्माण भएका पञ्चमहालक्ष्मीका प्रतीकस्वरुप दिव्य पाँच कुण्डमा आगमविद् गोत्रीय गुरुहरुद्वारा वैदिक पद्धतिबाट मानवमात्रमा विद्या, अर्थ, कीर्ति, सुख, समृद्धि प्राप्तार्थ प्रार्थनापूर्वक हवन गरिन्छ ।

यहाँ विराट धान्याचल पनि सम्पन्न गरिने छ । धान्य शब्दको अर्थ अन्न हो भने अचलको अर्थ पर्वत हो । यसरी अन्नहरुको पर्वत बनाई परोपकारका लागि गरिने दान नै धान्याचल हो । तर यहाँ हुन लागेको धान्याचल अरुभन्दा धेरै फरक र विशेष छ । किन भने सामान्यतया धान्याचल महायज्ञका मूलकर्ताको आफ्नो उचाइ बराबरको मौलो बनाइ त्यसलाई धानले पुर्ने गरिन्छ । तर यस धान्याचलको मौलो २५ फिटको हुनेछ । यो मौलो श्रीपञ्चमहालक्ष्मीको प्रतीकस्वरुप भएकाले यसलाई पञ्चश्रीस्तम्भ भनिएको छ । उक्त स्तम्भमा हरेक पाँच फिटमा तलबाट क्रमशः महालक्ष्मी, सम्पल्लक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मीका मूर्तिहरु कुँदिएका छन् । यसमा हजारौँ भक्तजनद्वारा हस्तलिखित सिद्धीमन्त्रहरु र श्रीयन्त्रहरु टाँसिएको छ र यस स्तम्भको शिरमा शालग्राम भगवानलाई राखेर सुनको तारले बेरेर बाहिरबाट तामाको पाताले मोडिएको छ । यसरी तयार भएको मौलोलाई देशव्यापी रुपमा तीर्थस्थल र देवस्थलहरुको दर्शन गराई महायज्ञस्थलमा ल्याएर विधिपूर्वक स्थापना गर्ने प्रक्रिया अब पूरा हुँदैछ । यसरी प्रतिष्ठित यो मौलोलाई पुर्न २१ हजार ५५५ क्विन्टल धान अर्पण गर्नुपर्ने हुन्छ । त्यसैले पनि हामी समग्र देशवासीमा यो महाअनुष्ठनमा उपस्थिति र सहभागिताका लागि अनुरोध गर्दछौँ । यस महायज्ञमा धान्याचल सेवा विधि र सेवार्थी सम्मान, पञ्चकुण्डात्मक हवन, महातुलादान, सनातन वैदिक सत्शास्त्रहरुको पाठपरायण, सवा पाँच करोड दीप प्रज्वलन, कथा प्रवचनको विशेष प्रबन्ध छ ।

यसका साथै यी वैदिक कार्यक्रमलाई विकाससँग पनि जोड्न सकिने गरी नयाँ प्रयोग र अभ्यासका रुपमा आयोजना गरिएका विभिन्न विषय र विधाका ऐतिहासिक राष्ट्रिय विकास सम्मेलन यस महायज्ञको अर्को पाटो हो । यी सम्मेलनहरुमा राष्ट्रियस्तरका सम्बद्ध क्षेत्र र विषयका विज्ञ, विशेषज्ञ व्यक्तित्वहरुले वैदिक सनातन धर्म र समुन्नति, विकास, समृद्धि, सम्पदाका साथै नैतिक र सच्चरित्रवान मानव र समाज निर्माणजस्ता कैयौँ विषयमा छलफल गरी निष्कर्ष निकाल्नुहुनेछ । यो राष्ट्रिय बहसले पनि हामीलाई जीवनमा सही दिशानिर्देश गर्दछ भन्ने हाम्रो अपेक्षा छ । यी विभिन्न विधा र विषयका बहसहरुमा सहभागिताका लागि पनि देशव्यापी रुपमा सबै विद्वान् विदुषीहरुलाई आह्वान गर्दछौँ ।

मौलोको देशदर्शन र विश्वकै ठूलो घण्टा

अनन्तश्री ब्रह्माण्डीय महायज्ञको ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराएर विधिवत रुपमा पञ्चकोट भित्र्याइएको छ । महायज्ञको प्रचारसँगै सो महायज्ञमा देशैभरिबाट निमन्त्रणा दिनका लागि मौलो र कलशसहितको राष्ट्रव्यापी यात्रा सम्पन्न गरिएको छ । यो मौलो छ फिट पुरिन्छ र २५ फिट बाहिरै देखाएर त्यसलाई धानले पुरिनेछ ।

गत माघ ७ गते एकादशीका दिन पञ्चकोटबाट सुरु भएको सो मौलो र मुख्य कलशसहितको यात्रा विभिन्न जिल्लामा पु¥याइएको थियो । ती जिल्लाका स्थानीयले मौलोको स्वागत, पुजन र विधिपूर्वक बिदाइ गरी पठाएका थिए । मौलोका साथमा महायज्ञको मुख्य कलशमार्फत शान्तिस्वस्तीसहित आह्वान गरेर महायज्ञमा सबैलाई आमन्त्रण गर्ने गरिएको छ । अब सो मौलोलाई धान्याचलको धानले पुर्ने कार्यक्रम हुनेछ ।

त्यसैगरी महायज्ञस्थलमा पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट पनि भित्र्याइएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञका लागि लक्षित गरी महाघण्ट भित्र्याइएको छ । महायज्ञमा धानले पुरिने २५ फिटको मौलोलाई देश दर्शनपछि शनिबार एकसाथ महाघण्टा सहित पञ्चकोट फिर्ता ल्याइएको हो । यसरी मौलो र बृहत् घण्टाको विधिवत् रुपमा प्राणप्रतिस्ठाको कार्य सम्पन्न हुदैछ ।

महायज्ञपछिको कार्य

महायज्ञबाट सङ्कलन भएको रकमबाट पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै यस पञ्चकोट धाममा निर्माण थालिएका धार्मिक संरचना पूरा गर्नुपर्नेछ । अहिले थुप्रै योजनाहरु पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । कहिलेसम्ममा यस्तै अवस्था राखिराख्ने रु हामीले थालेको काम हामीले नै नगरेर कसले गर्ने रु यतिका धेरै संरचना यहाँ बनेका छन् । देवदेशको यो पुण्य एवं देवभूमिमा अहिले हामीले सुरु गरेका संरचनालाई सक्दो चाँडो सक्नुपर्नेछ । यो हाम्रा लागि अहोभाग्यको कुरा पनि हो ।

आजभन्दा १० वर्षअघि प्रधानमन्त्री सुशील कोइराला प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको भए पनि सबै राजनीतिक दल, विभिन्न क्षेत्र, बर्ग र समुदायका नागरिकबाट सामूहिक रुपमा यस संरचनाको शिलान्यास गरिएको हो । त्यसैले यो पूरा गर्नु पनि हामी सबैको कर्तव्य हुन आउँछ । पञ्चकोट र यस्तै हामीले विभिन्न स्थानमा निर्माण गरिरहेका संरचना राष्ट्रका साझा सम्पत्ति हुन् । अनि अर्को कुरा के पनि हो भने यी अद्धितीय धामहरुबाट बढी लाभान्वित हुन पाउने भनेका ती क्षेत्रका नागरिक हुन् । जस्तो कि आज यसै स्थानमा सवालाख शालग्राम भगवन्को बास भएको छ । एकै स्थानमा सवालाख भगवानको बास रहेको यस्तो अलौकिक र अद्धितीय भूमि पाउने हामी कति भाग्यमानी रु त्यसो त हाम्रो देश नै देवदेश हो । त्यसैले त विविध स्थान र क्षेत्रमा यस प्रकारका आस्थाका केन्द्रहरु निर्माण भइरहेका छन् ।

सर्वसिद्धीधाम पञ्चकोट एक पुण्यधाम हो । यसको संरक्षण, प्रवद्र्धन गर्ने दायित्व पनि हामी सबैको हो । अहिले एउटा आधारशिला तयार भएको छ, यसलाई पूर्णता दिनका लागि बर्सेनि महायज्ञ लगाएर, दाताबाट रकम सङ्कलन गरेर काम गरिँदै आइएको छ । यसपालीको महायज्ञलाई पनि हामीले यस पञ्चकोटधामको समग्र विकासमा केन्द्रित गरिँदैछ । महायज्ञले हरेक नागरिकको मनलाई जोड्नेछ र यस धामसँगै सिङ्गो गण्डक क्षेत्र र यस बाहिर पुगेर समग्र राष्ट्रलाई ने जोड्ने छ । मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै तीर्थस्थलको विकास र सम्वद्र्धनमा पनि यस महायज्ञबाट टेवा पुग्ने अपेक्षा हामीले लिएका छौँ । समय भगवान् हो, समय बलवाल छ । अहिले नै यो कार्य गर्न सकेनौँ भने यो महान् अवसरबाट हामी पछि पर्नेछौँ । सबै पञ्कोट जाउँ र राष्ट्रकल्याण, मानव कल्याण हुँदै स्वकल्याणका लागि प्रतिबद्ध होऔँ ।

विश्वप्रसिद्ध मुक्तिक्षेत्र, शालग्रामबाहिनी श्रीकृष्णगण्डकीको पावन तट, हिमशृङ्खलाहरुले परिवेष्टित, गलेश्वरधाम, कालिका र मालिका भगवतीको न्यानो काख सृष्टिको आदिकालदेखि कैयन् ऋषिमुनिले तपस्या गरी आध्यात्मिक ऊर्जाप्राप्त बागलुङ जिल्ला र यस सर्वसिद्धिधाम पञ्चकोटमा इतिहासमै प्रथमपटक विशालतम रुपमा महायज्ञ सम्पन्न हुँुदैछ । यस महायज्ञको सम्पन्नताबाट मुलुकमा वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको विज्ञानलाई वैश्विक जगत्मा प्रकाशित गर्नुका साथै देवदेश नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने पूर्ण विश्वास हामीले लिएका छौँ । जय श्रीमुक्तिनाथ ।

(पञ्चकोटसहित भक्तपुरको श्रीवनमा पञ्चमहालक्ष्मी धाम, नवलपरासीको त्रिवेणीमा गजेन्द्रमोक्षदिव्यधाम लगायतका कैयौँ देवस्थल, तीर्थस्थलका परिकल्पनाकार एवं संस्थापक तथा यस महायज्ञका परिकल्पनाकार अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्यसँग राससका प्रधानसम्पादक एकराज पाठकले गरेको कुराकानीमा आधारित)