८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोभान बजारका अग्नीपीडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग



अ+ अ-

काठमाडौं । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालिन पुनःस्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग सहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।

ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नीपीडतको दिर्घकालिन पुनःस्थापनाको लागि भुकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । त्यसैगरी ज्ञापन पत्र बुझाउँदै आगलागीका कारण आवासविहिन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरुमा आगलागी बाट हुने जोखिम र क्षति न्युनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितको लागि पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्दारको काम शुरु भइसकेको बताउनुभयो । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने उहाँको भनाई छ । आवासको निम्ति भुकम्प पीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

तत्कालीन राहतको रुपमा गृहमन्त्रालयले प्रति परिवार १५ हजार रुपैँयाको दरले पठाइसकिएको जानकारी दिदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैया उपलब्ध गराउने पनि बताउनुभयो ।