२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल

खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल
अ अ+ अ-

मकवानपुर । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमीनले पनि अबको दिनमा करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाकोे मनहरी गाउँपालिका–४ का कृष्णबहादुर न्यौपानेको खरबारी । न्यौपानेले खेती गर्न नसकिने अवस्थामा रहेको पाखो जग्गामा व्यावसायिक रुपमा  एभोकाडो (ध्यू फल) खेती गर्दै आउनुभएको छ । 

खरबारीको रुपमा रहेको जग्गालाई उहाँले अहिले व्यावसायिक रुपमा फलफूल एभोकाडो खेती  गर्दै आउनुभएको हो । न्यौपानेले  आजभन्दा साढे दुई वर्षअघि लगाएको एभोकाडो पाँच वर्षमा फल दिने गरी तयार हुन्छ  । करीब दुई बिघा क्षेत्रफलमा रोप्नुभएको एभोकाडो उत्पादन शुरु भएपछि वार्षिक दुई करोडसम्मको फल बिक्री गर्न सकिने  न्यौपानेले  प्रारम्भिक अनुमान छ । 

एभोकाडोको बिरुवा अहिले करीब साढे दुई वर्षको  भएको उहाँको भनाइ छ । केही वर्ष अगाडि आम्दानीको स्रोत नभएपछि वैदेशिक रोजगारमा जानुभएको न्यौपानेले दुई वर्षसम्म दुःख गर्दा आफू गएको ऋण तिर्नमात्र सकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेश भनेर धन कमाउन जानु बेकार रै’छ, पैसा त हाम्रै माटोमा पो फल्नेर’छ । यो पाखोले पनि दीर्घकालीन रुपमा योजना बनाइएमा आर्थिक आम्दानी दिन्छ भनेर मैले सोंचेको पनि थिइन ।” 

उहाँले थप्नुभयो, “मेरो भाइले यो खरबारीमा एभोकाडो लगाउने सल्लाह दियो, त्यसैअनुसार गरेँ । यसको बजार पनि रामै्र रै’छ, फेरि आर्थिक आम्दानीको दृष्टिकोणले समेत राम्रो कमाइ हुने रहेछ । यसमा अन्य खेतीबालीको जस्तो दुःख पनि छैन ।” करीब दुई बिघा क्षेत्रफलमा न्यौपानेले ३५० वटा एभोकाडोको बिरुवा रोप्नुभएको छ । एक बोटले तीन क्विन्टलसम्म फल दिने प्राविधिकले बताएको उहाँको भनाइ छ । उक्त जग्गामा तारबारसहित जम्मा रु १० लाख लगानीमा शुरु गर्नुभएको यस फलफूल खेतीले अबको साँढे दुई वर्षभित्र आम्दानी दिने प्राविधिकले बताएको न्यौपानेले जानकारी दिनुभयो । 

काठमाडौँको एक नर्सरीबाट प्राविधिक सहयोगसहित बिरुवा खरीद गरिएको र फल तयार भएपछि पनि सो नर्सरीले नै खरीद गर्ने शर्तसमेत गरिएको उहाँको भनाइ छ । यसैगरी हेटौँडा उपमहानगरपालिका–१३ निवासी  सञ्चाकर्मीसमेत रहनुभएका रिपेश दाहालले पनि आफ्नै घरमा एभोकाडोको सामान्य नर्सरी स्थापना गर्नुभएको छ । तत्कालका लागि थारै क्षेत्रफलमा एभोकाडोको नर्सरी स्थापना गरे पनि विस्तारै बढाउँदै लैजाने दाहालको भनाइ छ ।

माग राम्रो भएकाले आफूले पनि भविष्यमा एभोकाडो खेतीलाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । वाग्मती प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई एभोकाडो खेतीतर्फ आकर्षण गर्न किसानलाई एभोकाडोको बिरुवा वितरण गर्ने कार्यको थालनी गरेको छ ।

प्रदेशअन्तर्गतको विभिन्न जिल्लाका रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न प्रजातिका फलफूलका बिरुवासँगै एभोकाडोको बिरुवासमेत किसानलाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सुलोचना श्रेष्ठले जानकारी दिनुभयो । 

पारिवारिक निजी वन महासङ्घकी महासचिव आरती पाठकले नेपालमा खेती नहुने पाखो जमीन प्रसस्त रहेको र त्यस जमीनबाट किसानलाई करोडौं आम्दानी हुने रुख तथा फलफूल खेती गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले खेती गर्न नसकेर घाँसपातको लागि मात्र प्रयोग गर्दै आएको जमीनमा कम मेहनतबाटै करोडौं रुपैयाँ आम्दानी गर्न सक्ने रहेछौँ भनेर अहिले धेरै किसानले बुझिसक्नुभएको छ ।” उहाँले थप्नुभयो, “फेरि हाम्रो माग भनेको जसरी हामीले पूर्जा भएको जमीनमा लगाएका बाली बेच्न पाउछौं रुखलाई पनि सोही तरिकाले बेच्न पाउनुपर्छ भन्ने हो ।” पारिवारिक निजी वनमा भएका रुख बिरुवा बेच्नलाई राज्यले नै सहज बनाउनुपर्ने उहाँको भनाइ छ ।

 मकवानपुरमा हाल धेरै जनाले पारिवारिक निजी वन दर्ता गरेको र सो वनबाट आम्दानी गर्न उन्मुख रहेको पाठकले बताउनुभयो । हालसम्म पारिवारिक निजी वनबाट अम्रिसो तथा जडीबुटीसमेत उत्पादन भइरहेको जानकारी दिनुभयो  । वाग्मती प्रदेशसभा सदस्य मुनु सिग्देलले नीति निर्माण गर्ने समयमा नै पारिवारिक निजी वनबाट किसानलाई राहत दिने विषयमा सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न बोटबिरुवा रोप्न र हुर्काउन पनि सरकारले अनुदान दिनुपर्ने अवस्थामा उहाँले यस्ता क्षेत्रमा ध्यान दिन सके राष्ट्र समृद्ध हुने छ ।”  

जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले जग्गा बाँझो रहन नदिन र यस्ता उदाहरणीय कार्य गर्न समितिले पहल कदम चाल्ने बताउनुभयो । बजारमा एभोकाडोको प्रतिकेजी बजार मूल्य न्यूनतम रु ३००  देखि अधिकतम रु ५०० मा बिक्री वितरण हुने गर्दछ । पुरुषोत्तम सुवेदी र अञ्जली थापा/रासस