८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, प्रधानमन्त्रीले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटि बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको हो । काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा होस यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

उद्योगी व्यवसायीहरुका हितमा महासंघले चालेका यस्ता कदमहरुका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापनाकालदेखी नै सधै चर्चामा रहदै आएको छ । आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि यस महासंघको भूमिका सधै नेतृत्वदायी नै रहने अध्यक्ष कटुवाल बताउँछन् ।