११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन घोषणा, लेक्स लिम्बु स्टार प्रमोटर

रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन घोषणा, लेक्स लिम्बु स्टार प्रमोटर
अ अ+ अ-

काठमाडौं: मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डको सहयोगमा रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। मायाको पहिचान नेपालले पत्रकार सम्मेलन गरेर अप्रिलको २० र २१ तारिखमा यो सम्मेलन हुने जानकारी दिएको छ।

सम्मेलनमा सहभागी हुन चाहनेका लागि रजिस्ट्रेसन खुल्ला भएको छ। यात्रा टु ह्यापिनेस डटकमद्वारा भाग लिन चाहनेहरूले नाम दर्ता गर्न सक्ने भएका छन्। नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, अन्तर्राष्ट्रिय दातृ निकायहरू, सञ्चारकर्मीहरू तथा सेलिब्रेटीहरुलाई आमन्त्रण गरिने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए।

कार्यकारी निर्देशक पन्तले नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा यो समुदायको आर्थिक उन्नतिमा सहयोग गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्‍याउनका लागि यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। यो रेन्बो पर्यटनका सांस्कृतिक राजदूत समेत रहेका पन्तले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, होटेल व्यवसायीहरू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, सरकार तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई सक्रिय सहभागी भएर यथाशक्य सहयोग गर्नका लागि पन्तले आव्हान पनि गरे।

नेपालले यो पर्यटनलाई प्रवर्धन गर्दै गर्दा नेपालको संस्कृति, रहनसहन, भेसभुसा, चाडपर्व, खानपान लगायतका मौलिक कुराहरूलाई संरक्षण र संवर्द्धन गरिने गरी यो पर्यटनलाई बढवा गरिने उनले बताए। उनले विश्वमा वर्षको करिब ५ सय बिलियन डलर भन्दा बढी रेन्बो टुरिजम व्यवसाय हुने गरेकोमा यसबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गरे। ‘नेपालको भौगोलिक स्थितिलाई हेर्दा पनि दुई ठुला छिमेकी राष्ट्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार त्यति आसलाग्दो देखिएको छैन,’पन्तले भने,‘भारत तथा चीनका यो समुदायका रेन्बो पर्यटकहरू नेपालमा आउने सम्भावना धेरै छ। हामीले स्वागत गर्नु पर्छ।’

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक नन्दिनी लाहे थापाले रेन्बो पर्यटन महत्त्वपूर्ण सेगमेन्ट भएको र नेपालले यो पर्यटनलाई सक्दो सहयोग गर्नुपर्ने बताइन। नेपाल पर्यटन बोर्डले यो सम्मेलन सफल पार्न तथा रेन्बो पर्यटनलाई नेपाल भित्र्याउनका लागि सक्दो सहयोग गर्ने र थप कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता उनले जनाइन। सम्मेलनको प्रचारप्रसारका लागि स्टार प्रमोटरका रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मी तथा ब्लगर लेक्स लिम्बुलाई घोषणा गरिएको छ। लेक्सले आफूलाई स्टार प्रमोटर हुन पाएकोमा हर्ष व्यक्त गरे।

यो सम्मेलनलाई सफल पार्न तथा नेपालमा रेन्बो टुरिजम प्रवर्धन गर्नका लागि आफूले सक्दो भूमिका निभाउने उनले बताए। २३ वर्ष युकेमा बसेका लेक्सले यो सम्मेलनले बिजनेस टुरिजम समावेशी छ भन्ने देखाउने बताए। यो सम्मेलनको होटेल पार्टनरको रूपमा एलफ्ट होटेल अगाडि आएको मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले निकालेको विज्ञप्तिमा लेखिएको छ। होटेल एलफ्टका सेल्स प्रबन्धक पवनराज भण्डारीले यो सम्मेलनमा होटेल सहपाठीका रूपमा भाग लिन पाउनु गौरवको कुरा भएको बताए। उनले यो अवसरका लागि मायाको पहिचान नेपाललाई धन्यवाद दिए।

माया गुरुङ्ग र सुरेन्द्र पाण्डे दक्षिण एसियामै समलिङ्गी (इन्द्रेणी) विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो जोडी हुन्। १३ मङ्सिरमा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा विवाह दर्ता गरेर प्रमाणपत्र पाएका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि सङ्गठित अभियान सञ्चालन गर्दै आएको मायाको पहिचान नेपालले नेपालमा पहिलो पटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। नेपाल पर्यटन बोर्डको सहयोगमा मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको सहकार्यमा समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्श कार्यक्रम गरिसकेको छ।