• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ ★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ

विमानस्थलमा हातपात प्रकरण: तीन प्रहरीको सरुवा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग हातपात घटनामा संलग्न तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो रहेका छन् । उनीहरुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको एक प्रहरी अधिकृतले बताए ।

माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचमा खटिएका प्रहरीहरूबीच हातपात भएको थियो ।

दुई पक्षबीच हातपात भएपछि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा डिआइजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसीसहितको समिति बनाएको थियो । समितिले असई तामाङलाई निलम्बन र दुई जवानलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढाउन उनीहरूलाई रानीपाखेरीमा काज गरिएको बताईएको छ ।

समितिले अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाहीमा सिफारिस गरेको छ ।