२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप: उपाधिको लागि भारत र अष्ट्रेलियाबिच भिडन्त हुने



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच भिडन्त हुने भएको छ । फाइनल खेल ११ फेब्रुअरी आइतबार बेनोनीस्थित विलोमूर पार्कमा हुनेछ ।

भारतीय टोली नवौं पटक यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । भारतले कुल ५ पटक उपाधि जितेको छ । भारतीय टोली प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यसअघि सन् २०२२ मा भएको यू–१९ विश्वकपमा भारतले इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

एकदिवसीय विश्वकप २०२३ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको भारत अन्डर १९ विश्वकपको फाइनल जितेर बदला लिन चाहन्छ । यता अस्ट्रेलिया पनि फाईनलमा भारतलाई हराउदै विश्वकपमा हाबि राख्न सोचमा हुनेछ ।

सिनियर टोलीको एकदिवसीय विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई घरेलु मैदानमा ६ विकेटले पराजित गरेको थियो । अब फेरी एकपटक विश्वकप फाइनलमा भारत र अष्ट्रेलिया आमने सामने हुनेछन् ।

यू–१९ विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । खेलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

त्यसपछि बिहीबार प्रतियोगिताको दोस्रो फाइनल अस्ट्रेलिया र पाकिस्तानबीच भएको थियो । दोस्रो सेमिफाइनल निकै रोमाञ्चक रह्यो, जसमा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको थियो । यो दुई बीचको कम स्कोरिङ खेल थियो, जसको रोमाञ्च उच्च थियो ।

प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थियो । नेपाली टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो । समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११ औँ भएको छ । पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र वेस्ट इन्डिज पाँचौँ भएका छन् । इङ्ल्यान्ड, बंगलादेश, श्रीलंका, आयरल्यान्ड र न्युजिल्यान्ड क्रमश: छैटौँदेखि १० औँ स्थानमा रहे ।

यस्तै, प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया र अमेरिका क्रमश: १२औँ देखि १६औँ भए । अब आईतबार हुने फाईनल खेलले विजेता र उपविजेता पाउनेछ ।