• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

भारतमा साइबर अपराधमा २४ प्रतिशतले वृद्धि



representative photo

एजेन्सी । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ ।

२०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो । सन् २०२२ मा, दक्षिणी राज्य तेलंगानाबाट सबैभन्दा बढी १५ हजार २९७ साइबर अपराधहरू भएको छन् । दक्षिणी राज्य कर्नाटकमा १२ हजार ५५६ र उत्तर प्रदेशमा १० हजार ११७ अपराधहरू भएको तथ्यांक छ ।

गृह राज्यमन्त्री अजयकुमार मिश्रले संसदमा संघीय सरकारले मुलुकमा हुने सबै प्रकारका साइबर अपराधलाई समन्वित र वृहत रूपमा व्यवस्थापन गर्न विभिन्न पहल गरेको बताउनु भयो ।

उहाँले साइबर अपराध नियन्त्रणका लागि संघीय सरकारले हालसम्म ३ लाख २० हजारभन्दा बढी सिमकार्ड र ४९ हजार इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) ब्लक गरेको बताउनु भयो । संघीय सरकारले पनि साइबर अपराधबारे सचेतना फैलाउन पहल गरेको मन्त्रीले बताउनु भयो ।