• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सरकार विप्लव समूहबीच आजै दुइ चरणमा सम्पन्न वार्ता सहमति नजिक



काठमाडौं । सरकार र विप्लव माओवादी समूहबीचको वार्ता सहमति नजिक पुगेको छ । सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले आफ्नो फेसबुक वालमा सो कुरा लेखेका छन् । 

उनले वालमा आजै दोस्रो चरणको वार्ता भएको पनि बताएका छन् । उनले भनेका छन् 'अहिले सॉझ सम्पन्न नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्नुभएको नेकपाको वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सम्पन्न भयो ।' 

साथै उनले वार्ता विषय केन्द्रीत रहेको पनि बताएका छन् ।'दुबैपक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ' उनले भनेका छन् ।