११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ः प्रदेशसभा बैठक चैत २ मा



अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारणले मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही फागुन २० गते अपराह्न १ः०० बजे बस्ने घोषणा गरिएको थियो । 
    
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी चैत २ गते दिउँसो १२ः३० बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । अधिवेशनको तेस्रो बैठकमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गरिएको थियो । 

सो बैठकमा प्रदेशसभाका सभामुख भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोलाई नेपालको संविधानका धारा १८८ ९४४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९९१० बमोजिम दर्ता भएको प्रदेश मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १२९९४० बमोजिम पेश गर्ने अनुमति दिनुभएको थियो । रासस