१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि (बिहीबार) देशभरका अदालत बन्द रहने



अ+ अ-

काठमाडौं । भोलि (बिहीवार) देशभरका अदालत बन्द रहने भएका छन् । मंगलवार पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन देशभरका अदालत बन्द गरिने भएको हो । 

सर्लाही जिल्लामा जन्मेका प्रधान न्यायाधीश सिंह २०५२ साल भदौ १० गते प्रधान न्यायाधीश पदमा नियुक्त भएका थिए । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति निकाल्दै बिहीबार सर्वोच्च अदालत सहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र अन्य अदालतमा विदा रहने बताए ।