१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि (बिहीबार) देशभरका अदालत बन्द रहने



अ+ अ-

काठमाडौं । भोलि (बिहीवार) देशभरका अदालत बन्द रहने भएका छन् । मंगलवार पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन देशभरका अदालत बन्द गरिने भएको हो । 

सर्लाही जिल्लामा जन्मेका प्रधान न्यायाधीश सिंह २०५२ साल भदौ १० गते प्रधान न्यायाधीश पदमा नियुक्त भएका थिए । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति निकाल्दै बिहीबार सर्वोच्च अदालत सहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र अन्य अदालतमा विदा रहने बताए ।