८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

अर्थमन्त्रीको दाबी: अहिले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन् (भिडियोसहित)

अर्थमन्त्रीको दाबी: अहिले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन् (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले विगतमा विदेशी लगानी कर्ताहरु नेपाल आफैँ सम्पर्कम जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताउनु भयो । उहाँले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले वैशाख १६ रु १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गर्नुभयो ।

अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताउनु भयो । उहाँले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताउनु भयो । उहाँले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वल्र्ड बैंकका प्रमुखको उपस्थिति हुने बताउनु भयो । लगानी सम्मेलनलाई सफल बनाउनसके सो सम्मेलनमा फाइदा हुने बताउनु भयो । उहाँले शुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताउनु भयो । लगानी सम्मेलनले नेपाली लगानी कर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालमा लगानी गर्नुपर्छ भनि स्वभाविक जिज्ञासा रहेको छ । उनीहरुले नै सोधिरहेका छन् । सामान्यतया यस्तो हुँदैन । हामी सम्पर्कमा जाँदा पनि उहाँहरु उदासिन देखिनुहुन्थ्यो । अहिले एउटा विशिष्ट किसिमको वातावरण बनिरहेको अवस्थामा हामीले यसलाई उपयोग गर्नुपर्छ । यसमा हामी सबै गम्भीर रुपमा लागेर यसलाई ग्राण्ड सक्सेस बनाऔँ । जुनमा वल्र्ड बैंकका सहुलियत दरमा ऋणमा दिने संस्था छ । त्यसको सम्मेलन नेपालमा गर्नको लागि वल्र्ड बैंक तयार भएको अवस्था छ । औपचारिक चिठी पनि केही दिनमा आउँछ । अहिलेसम्म नेपालमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन त्यो हुँदैछ । ९२ भन्दा बढी देशको प्रतिनिधित्व हुन्छ । वल्र्ड बैंकका प्रेसिडेन्ट लगायतको उपस्थिति हुन्छ र अन्य महत्वपूर्ण संस्थाको उपस्थिति हुन्छ ।’

‘त्यो भन्दा अघि हामी लगानी सम्मेलन पनि वैशाख १६ र १७ गते गर्दैछौँ । यो उपलब्धिमुलक बनाउँदा नेपालमा वृहत मल्टिल्याटर, बाइल्याटर मात्रै होइन, निजी लगानीको दायरा पनि व्यापक रुपमा बढ्ने सम्भावना छ । यसमा हामीले अलिकति छाती फाराकिलो गर्नुपर्ने आवश्यकता छ । लगानी आयो भने त्यसबाट लिने हो । आउँदै आएन भने के लिने ? त्यसकारण अहिले हामीले ट्याक्सका कुरा गर्छौं, यो कण्डिसन राख्नेकुरा गर्छौं, उ कण्डिसन राख्ने गर्दछौँ । आउन दिनुपर्छ । जस्तो युएईले पहिला ट्याक्स लिएन सबै आए । अहिले ट्याक्स लगाउँदा कोही पनि छोडेर जानेवाला छैनन् । त्यस्तै माहोल नेपालमा बनाउसक्छौँ । नेपाली लगानी कर्तालाई पनि उत्साहित गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाइ संसदबाट पास गर्नुपर्ने बताउनु भयो । उहाँले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकका रुपमा अघि बढाउनसके लगानी सम्मेलनमा सहजता आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रश्ताव अब यसलाई इण्डिभिजुअल कानून र इण्डिभिजुअल मन्त्रालयले उठाएर त्यसपछि मन्त्रीपरिषद्मा लगेर, निर्णय प्रक्रियामा लगेर पाल्र्यामेण्टमा गयो भनेदेखि एक वर्षमा पनि पार लाग्दैन की जस्तो लाग्छ । लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर भन्नुपर्छ । लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक भनेर केही लैजान सकियो भने राम्रो हुन्छ । लगानीसँग सम्बन्धित बेसिकल्ली उद्योग मन्त्रालय हुन्छ । उद्योग मन्त्रालयले यो विषय इनिसेटिभ गरेर लैजान सकियो भने एकै पटक पास गर्न सकिन्छ ।’

बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका कामकारबाहीको बारेमा जानकारी गराइएको थियो । —न्युज एजेन्सी नेपाल