३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित
अ+ अ-

सर्लाही । खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् ।

“सेतो अण्डाले बजार विगार्‍यो । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी सुभाष तिमल्सिनाले भन्नुभयो, “ गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्याप्पछ्याप्ती पाउन थालेपछि यहाँका वास्तविक किसान मारमा परेका छन् ।’

भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा भारतीय अण्डा बिक्री वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको सर्लाहीका पोल्ट्री व्यवसायीको गुनासो छ । आफूहरुले पटक–पटक भारतीय अण्डाको आयात रोक्न माग गरे पनि स्थानीय प्रशासनले यसबारे चासो देखाएको छैन उनीहरुको भनाइ छ । 

भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रणका लागि आवश्यक पहल भइरहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले जानकारी दिनुभयो । भारतबाट भित्रिने कुखुरा, चल्ला र अण्डामा रोक लगाउन सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

सर्लाहीको  सीमावर्ती क्षेत्र मलङ्गवा, त्रिभुवननगर, पर्सा, सङ्ग्रामपुर, हरिपुर्वा, कौडेना, गोडैता, फूलपरासी, मधुवनगोठ, सिसौटलगायतका बजारमा भारतीय अण्डाको व्यापार फस्टाएको छ । स्वदेशी उत्पादन प्रवद्र्धनका लागि भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रण गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनुभयो । रासस