• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै



दमौली (तनहुँ) । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो ।

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो ।

उहाँले भन्नुभयो, “राष्ट्रपति रामचन्द्र पौडेलले यस ठाउँको विकासका लागि चासो राख्नुभएको छ । उहाँकै साथ र सहयोगमा साहित्य उद्यानको कामलाई अगाडि बढाउन लागिएको हो ।” उक्त बजेटबाट जग्गा अधिग्रहण, गुरुयोजना निर्माण र साहित्यिक स्रष्टाको शालिक निर्माणको काम गरिने जनाइएको छ ।

नगरप्रमुख त्रिपाठीका अनुसार सुरुमा जग्गा अधिग्रहणको काम हुनेछ । यसपश्चात् गुरुयोजना निर्माण गरी उद्यानको काम अगाडि बढ्ने छ । उहाँले भन्नुभयो, “भानुभक्तको जन्मथलो ओझेलमा परिरहेको छ । यस ठाउँमा साहित्य उद्यान निर्माण गरेर पर्यटकीय गन्तव्यस्थल बनाउने मुख्य लक्ष्य हो ।”

साहित्य उद्यान निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उपप्रमुख उमा गोतामेले बताउनुभयो । उहाँका अनुसार उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिनेछ । उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताउनुभयो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले तीनवटै तहको सरकारको सहयोगबाट भानु जन्मस्थलको विकास सम्भव रहेको उल्लेख गर्नुभयो । रासस