२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानडाबीचको तीन एकदिवसीय सिरिज आजबाट



अ+ अ-

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन एकदिवसीय सिरिज आज बिहिबारबाट सुरु हुँदैछ । आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेल खेल्न लागेको हो ।

नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९ः१५ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।

खेलअघिको प्रेस मिटमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अधिकांशले प्रधानमन्त्री कप खेलेकाले तयारी छोटो रहेको उल्लेख गर्दै पछिल्लो दुई दिनमा टोलीले पनि योजनाअनुरूप काम गरेको बताए ।

उनले प्रधानमन्त्री सबै खेलाडीसँग आफू सम्पर्कमा नै रहेको र अहिलेसम्म सबै खेलाडी फिट पनि रहेकाले राम्रो क्रिकेट खेल्ने बताए ।

यस्तै, नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले घरेलु प्रतिष्पर्धा प्रधानमन्त्री कप क्रिकेटबाट खेलेकाले टोली राम्रो रहेको बताए ।

नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा अनुभवी केही खेलाडीबिना नै नेपाल आएको छ ।

यद्यपि, क्यानडामा अधिकांश नयाँ टोली छन् । क्यानडाका कप्तान साद बिन जफरले विश्वकप लिग–२ को तयारीका लागि नेपाल नै राम्रो स्थान र टोली रहेको उल्लेख गर्दै यो श्रृंखलामा राम्रो क्रिकेट खेल्ने धारणा राखे ।

क्यानडासँगको खेलका लागि रोहितको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल साह छन् ।

यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि कप्तान देव र आकाश चन्दले टोलीमा अवसर पाएका हुन् । पवन सर्राफ, सूर्य तामाङ, अनिल साहले प्रधानमन्त्री कप एकदिवसी क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि क्यानडासँगको श्रृंखलामा अवसर पाएका हुन् ।