६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच लाख घुससहित पक्राउ परेका वडाअध्यक्ष तारा कार्कीउपर पाँच लाख बिगो मागदाबी



अ+ अ-

काठमाडौँ । जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीउपर पाँच लाख बिगो मागदाबी गरिएको छ ।

वडाध्यक्ष कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पाँच लाख रुपैयाँ घुससहित पुस २ गते पक्राउ गरेको थियो ।

अनुसन्धानमा कार्कीले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुसररिसवत माग गरी लिएको पुष्टी भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजलाई बिगो बमोजिम पाँच लाख रुपैयाँ जरिवाना सजायसमेत हुन मागदाबी लिई बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।