२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच लाख घुससहित पक्राउ परेका वडाअध्यक्ष तारा कार्कीउपर पाँच लाख बिगो मागदाबी



अ+ अ-

काठमाडौँ । जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीउपर पाँच लाख बिगो मागदाबी गरिएको छ ।

वडाध्यक्ष कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पाँच लाख रुपैयाँ घुससहित पुस २ गते पक्राउ गरेको थियो ।

अनुसन्धानमा कार्कीले घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुसररिसवत माग गरी लिएको पुष्टी भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजलाई बिगो बमोजिम पाँच लाख रुपैयाँ जरिवाना सजायसमेत हुन मागदाबी लिई बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।