२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नेपाल–भारतको सम्बन्ध ‘दुई शरीर एउटै प्राण :मुख्यमन्त्री योगी आदित्यनाथ

नेपाल–भारतको सम्बन्ध ‘दुई शरीर एउटै प्राण :मुख्यमन्त्री योगी आदित्यनाथ
अ अ+ अ-

लखनाउँ।  भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारतको सम्बन्ध ‘दुई शरीर एउटै प्राण’ जस्तो रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा भारत भ्रमणमा रहेका नेपाली सांसदहरूसँग लखनउस्थित सरकारी निवासमा भएको भेटघाटमा सो कुरा उनले बताएका हुन् ।

देश दुइटा भए पनि हरेक कुरा एउटै रहेको धारणा राख्दै उनले रोटीबेटीको सम्बन्धभन्दा माथि पनि दुई देशको बिचमा सम्बन्ध रहेको बताए । ‘नेपाललाई म सम्मान गर्छु । नेपालसँग कूटनीतिक र राजनीतिक सम्बन्ध छ, त्यो आफ्नै ठाउँको कुरा हो । तर त्योबाहेक पनि भावनात्मक सम्बन्ध छ, जुन विश्वका कुनै पनि देशसँग छैन,’ मुख्यमन्त्री योगीको कुरालाई उद्धृत गर्दै समितिका सभापति राजकिशोर यादवले भने, ‘नेपाल–भारतबिचको सम्बन्धलाई कुनै पनि रूपमा बयान गर्न सकिँदैन, हाम्रो अद्भुत सम्बन्ध रहेको छ ।’

अयोध्या आउने नेपालीलाई भारतीय नागरिक सरह व्यवहार गर्न आफूले यहाँको सरकारलाई निर्देशन दिइसकेको कुरा राख्दै मुख्यमन्त्री योगीले नेपाल र भारतका जनताबिच आफूले कुनै अन्तर नदेखेको धारणा राखेका थिए ।

भारत आर्थिक रूपमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको र चाँडै नै भारत अर्थतन्त्रमा विश्वको तेस्रो मुलुक बन्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री योगीले यसबाट नेपालले पनि फाइदा लिनुपर्ने धारणा राखेका थिए । भारतले आर्थिक रूपमा गरिरहेको विकासबाट नेपालले फाइदा लिनसक्ने र त्यसमा आफूले पूर्ण सहयोग गर्न तयार रहेको उनले बताएका थिए । नेपालप्रति प्रधानमन्त्री नरेन्द्र मोदी पनि असाध्यै सकारात्मक रहेको हुनाले यसबाट जतिसक्दो फाइदा नेपालले लिनुपर्ने धारणा मुख्यमन्त्री योगीको थियो ।

भेटमा सभापति यादवले प्रधानमन्त्री मोदीले भने जस्तै सीताबिना राम अधुरो छ भने जस्तै अयोध्याबिना जनकपुर अधुरो रहेको धारणा राखेका थिए । ‘जसरी अयोध्याप्रति विश्वको ध्यानाकर्षण गराउन सफल हुनुभयो त्यसरी नै जनकपुरका लागि गर्नुपर्ने देखिन्छ,’ उनले मुख्यमन्त्री योगीलाई भने, ‘अयोध्या जस्तो जनकपुर पनि हुनुपर्छ अनि मात्र राम र सीताको जोडी पूर्ण हुन्छ ।’

हरेक वर्ष अयोध्या घुम्न आउने लाखौँ पर्यटकलाई जनकपुरसम्म पुर्‍याउने व्यवस्था युपी सरकारले गर्नुपर्ने प्रस्ताव समितिका सभापति यादवले राखेका थिए । अयोध्या आउने धार्मिक पर्यटक जनकपुर नगई पुण्य नपाउने हुनाले अयोध्या भ्रमणमा जनकपुरलाई पनि प्याकेजमै राख्नुपर्ने कुरा उनले राखेका थिए ।

त्यसमा मुख्यमन्त्री योगीले आफू जनकपुर–अयोध्यालाई जोड्न र त्यसको विकासका लागि गर्नुपर्ने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । यसअघि पनि प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा गएको बेला अयोध्या–जनकपुर सर्किट निर्माण गर्ने भनेर घोषणा नै गरेका थिए । त्यसका लागि नेपाल सरकारलाई बजेट पनि भारत सरकारले दिएको छ ।

नेपालका सांसदहरूले आजै उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र त्यहाँका विधान सभाका सभामुखसँग पनि भेटघाट गरेका थिए । नेपाली सांसदहरूले विधानसभाको अवलोकन गरेका थिए । सो क्रममा विधान सभाका सदस्यहरूले नेपाली सांसदहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।