• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो



काठमाडौँ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । दोस्रो खेलमा बंगलादेशसँग भने भारत १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो ।

भारतसँगको खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने चार गोल खान पुग्यो । भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरे । खेलको ५४औँ मिनेटमा भारतका लागि नेहाले पहिलो गोल गरेकी थिइन् भने ८१औँ मिनेटमा उनले दोस्रो गोल गरिन् ।

यस्तै खेलको ८५औँ मिनेटमा सुलन्जनाले भारतका लागि तेस्रो गोल गरिन । दोस्रो हाफको अत्तिरिक्त समयमा सिन्डीले गोल गर्दै भारतलाई ४–० गोलको सहज जित दिलाइन् । अब फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।