१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने हुन्छ: मन्त्री यादव

मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने हुन्छ: मन्त्री यादव
file photo
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले निर्णय प्रक्रियामा ढिलाई गर्दा यसको कामले गति लिन नसकेको जिकिर गर्दै त्यसमा सुधार ल्याउनका लागि पनि सो आयोजनाको निर्णय प्रक्रिया नै पुनर्संरचना गर्न आवश्यक रहेको बताउनु भयो । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उहाँले सो आयोजनाो निर्णय प्रक्रियालाई छिटो गर्न सरकारको ५१ प्रतिशत सेयर होल्डर हुनुपर्ने विषयमा छलफल भइरहेको समेत बताउनु भयो ।

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजना भरपर्दो नहुनुमा यो भूकम्पीय उच्च जोखिममा रहेकाले पनि मेलम्ची खानेपानी आयोजना भरपर्दो हुने अवस्था नरहेको पनि स्मरण गराउनु भयो । उहाँले मेलम्ची सहितका राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई अघि बढाउन सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

मन्त्री यादवले भन्नुभयो, ‘यो राष्ट्रिय गौरवको योजनाको कानूनी रुपमा यो मन्त्रालय मात्रै होइन नि । यही मेलम्ची मात्रै होइन, सबै राष्ट्रिय गौरवको आयोजनाहरुको सबै नियम, कानून, ऐनहरु एकद्वार प्रणालीबाट यसलाई गर्न सक्यो भने समयमै नेपाली जनतालाई सेवा दिनसक्छ । होइन भने अहिलेको विद्यमान कानून, अहिलेको खरिद ऐनले, विविध प्रक्रियाले यो झन्झटिलो भएको कारणले समस्या छ । यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? एउटा विषय त्यहाँ छ । दोस्रो, मेलम्चीको अहिले जुन प्रक्रिया छ । यो प्रक्रियालाई हामीले पुनर्संरचना गर्नैपर्छ । अहिले अवस्था कस्तो छ भने त्यहाँका १८ वटा नगरपालिकाका मेयरहरु त्यहाँको शेयरहोल्डर हुने, उद्योग वाणिज्य संघ सेयर होल्डर हुने ।

मन्त्रालयको भुमिका भनेको एक जना सहसचिव मात्रै त्यहाँ जानुहुन्छ । सबै उहाँहरुको कम्पनी ऐन अन्तरगत दर्ता छ । कम्पनी ऐन अन्तर्गत दर्ता भइसकेपछि यसको आफ्नै विधि, प्रक्रिया र कानूनी व्यवस्था छ । त्यसकारण अहिले चाहीँ संरचनाका विषयमा छलफल भइरहेको छ । हाम्रो प्रयास के रहन्छ भने ५१ प्रतिशत सेयरहोल्डर नेपाल सरकारको रहोस् । यसले निर्णय प्रक्रिया छिटोछिटो हुन्छ । निर्णय प्रक्रियामा एउटा विषयलाई एक वर्ष, डेढ वर्ष, दुई वर्ष लाग्छ । त्यसकारण यसलाई कसरी सरलीकरण गर्न सकिन्छ ? यो आवश्यक छ । र यसमा छलफल हुँदैछ । त्यहाँ कुनैपनि मेयरसावहरुको उपस्थिति हुँदैन । त्यहाँ सबै कार्यालयका अधिकृतहरुको उपस्थिति हुन्छ । कहिले बोर्डको प्रक्रिया नपुग्ने, बहुमत नपुग्ने, डेढ वर्षसम्म कोरम नै नपुग्ने निर्णय प्रक्रियामा यति धेरै ढिलाई हुन्छ । तर, जिम्मेवारी सबै मन्त्रालयको हुन्छ । यहीबाट यसको सुधार गर्नुपर्ने हुन्छ ।’

मन्त्री यादवले मेलम्ची खानेपानी काठमाडौंवासीका लागि वर्षातमा अभाव हुने भएकाले सरकारले काठमाडौं भित्रकै स्रोतहरुको उचित व्यवस्थापनको कामलाई अघि बढाएको पनि समितिलाई जानकारी गराउनु भयो ।