३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने’



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सिआइबीले तीन महिना लगाएर पक्राउ गरेको व्यक्तिलाई दुइ दिनभन्दा बढी अनुसन्धान नगर्नु थुनामा नराख्नु भन्ने आदेश भएको भन्दै आपत्ति जनाएका छन् ।

गलत गरेको तथ्य प्रमाणसहित सिआइबीले पक्राउ गरेको व्यक्तिलाई आदेश दिने न्यायाधीशबाट न्याय सम्पादन सहि हुन्छ भनी नागरिकले कसरी विश्वास गर्ने भन्दै सेर्पालीले प्रश्न समेत गरेका छन् ।

यसरी न्याय सम्पादन हुँदै जाने हो भने जनताले सहि र गलतको फैसाला सडकमै गर्ने दिन आउनसक्ने भन्दै सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् – गलत गरेको तथ्य प्रमाण सहित नेपाल प्रहरी सिआइबीले तीन महिना लगाएर पक्राउ गरेको व्यक्तिलाई दुइ दिनभन्दा बढी अनुसन्धान नगर्नु थुनामा नराख्नु भन्ने आदेश दिने मा। न्यायाधीशबारे तपाइको अभिमत के छ ? यस्तो गैरजिम्मेवार किसिमको व्यक्तिबाट न्याय सम्पादन सहि हुन्छ भनी नागरिकले कसरी विश्वास गर्ने ? गरीबका फाइल बर्षौदेखी हेर्न नभ्याउनेमा राख्ने माननीय न्यायाधीशहरूको चाला देखेर मलाई त अचम्मै लाग्यो यस्ता पनि न्यायाधीश रहेछन् देशमा भनेर । यसरी न्याय सम्पादन हुँदै जाने हो भने जनताले सहि र गलतको फैसाला सडकमै गर्ने दिन नआउला श्रीमान ? इतिहासमै सबैभन्दा राम्रो काम गरिरहेको बर्तमान सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने ? फैसला गर्नुअघी आम नागरिकका बारेमा कहिले सोच्ने कहिले फैसला गर्ने ? जनताको आक्रोशको ज्वाला निभाउनेबारे सोच्ने कि अझ दन्किरहेको आगोमा घ्यू थप्ने काम न्यायको तराजुमा बसेका न्यायाधीशहरूले गर्ने ? श्रीमान बेलैमा सोच्नुहोस दिन निर्धारण गरेर अनुसन्धानलाई प्रभावित गर्ने तपाइँहरूको उक्ति पूर्णरूपमा गलत छ ।