२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रे फाइनलः बार्सिलोना र बिलबाओबिच भिडन्त



अ+ अ-

म्याड्रिड । एथलेटिक बिलबाओले लेभान्टेलाई पन्छाएर कोपा डेल रेको फाइनल खेल्ने भएको छ । दुई खेलमा हुने उपाधिको भिडन्तमा बिलबाओले बार्सिलोनाको सामना गर्नेछ ।

बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बिलबाओ २–१ ले विजयी रह्यो । पहिलो लेग १–१ को बराबरी रहेको स्थितिमा बिलबाओ समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो ।

अहिलेको जितमा बिलबाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका तर्फबाट भने रोगर मराटीले गोल गरे ।