२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धरहरा बनाएकामा गाली गर्नुहुन्छ भने गर्नुस्, तर पार्किङको विषयमा झगडा गरेर शक्ति खर्च नगर्नुस्’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले धरहराको पार्किङको विषयलाई लिएर विवाद नगर्न आग्रह गरेका छन् ।

सचेतक बर्तौलाले भूकम्पले बनाएको भग्नावशेषमा धरहरा साढे दुई वर्ष अघि नै उभिएको भन्दै धरहरा बनाए बापत गाली गरेपनि पार्किङको विषयमा झगडा गरेर शक्ति खर्च नगर्न चेतावनी समेत दिएका छन् ।

यस्तै उनले पार्किङको लागि दुई वर्षमा केही काम गर्न नसकेको कमजोरी स्वीकार गरेर आफैंले गर्नुपर्ने काम गर्न सुझाउँदै झगडा र जस पाउने होडबाजीले काम हुन नसक्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – भूकम्पले बनाएको भग्नावशेषमा धरहरा साढे दुई वर्ष अघि नै उभिएको छ। धरहरा बनाए बापत गाली गर्नुहुन्छ भने गर्नुस्, तर पार्किङ गर्ने विषयमा झगडा गरेर शक्ति खर्च नगर्नुस्। बरु पार्किङको लागि दुई वर्षमा केही काम गर्न नसकेको कमजोरी स्वीकार गरेर आफैंले गर्नु पर्ने काम गर्नुस्। झगडा र जस पाउने होडबाजीले काम हुँदैन।

धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ हुँदै आएको छ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको हो ।

यसैबीच, शहरी विकास मन्त्रालयले महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेको छ ।

तर, काठमाडौँका मेयर बालेन शाहले धरहराको भूमिगत पार्किङ बन्द नहुने बताएका छन् । बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका छन् ।