• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

यो अवधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्नमा केन्द्रित हुन्छः प्रधानमन्त्री दाहाल



file photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताउनुभएको हो । उहाँले संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा शुरु भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा शुरु भएको छ । अब अगाडी बढ्छ ।’

संघीय संसदको दुवै सदनको अधिवेशन आज(सोमवार)देखि शुरु भएको छ ।