• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

‘मड्रिड डर्बी’मा रियल र एट्लेटिकोले अंक बाँडे



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

गएराति भएको ‘मड्रिड डर्बी’मा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २० औं मिनेटमा घरेलु टोली रियलले ब्राहिम डियाजको गोलबाट खेलमा अग्रता बनाएको थियो ।

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा अर्थात् ९०.३ औं मिनेटमा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।

बराबरीसँगै रियल २३ खेलबाट ५८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा एट्लेटिको ४८ अंकका साथ चौंथो स्थानमा छ ।