• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह लुम्बिनीमा



फाईल फोटो

काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घले तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह आगामी फागुन १९ देखि २२ गतेसम्म लुम्बिनीमा आयोजना गर्ने भएको छ ।

विश्व शान्ति मानव कल्याणको उद्देश्यले मायादेवी मन्दिर तथा त्यस वरपर क्षेत्रमा बुद्ध धर्मको मूल ग्रन्थका रुपमा स्थापित त्रिपिटक वाचन गर्न लागिएको हो । अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसारका लागि त्रिपिटक बाचन गर्न लागिएको आयोजक समितिका कोषाध्यक्ष भिक्षुपंच मूर्ति महास्थविरले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहने उक्त कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटकको वाचन हुने छ ।

सुत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र, अभिधर्म पिटक वाचन र विनयपिटक वाचन गरिने छ । त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम राखिएको छ । सर्वसाधारणसमेत सहभागी हुनसक्ने गरी कार्यक्रम आयोजना गरिएको छ ।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । ग्रन्थमा बुद्धले बुद्धत्व प्राप्त गर्दादेखि महापरिनिर्वाण हुनुअघिसम्म दिएका धार्मिक उपदेश तथूप्रवचन सङ्कलन गरिएको छ । बुद्धको महापरिनिर्वाणपछि बुद्ध बचनलाई एक सुत्रमा सङ्ग्रह गरिएपछि विभिन्न सम्प्रदायको विकास भएको पाइन्छ ।

त्रिपिटक अन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न समयमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् । सुत्तपिटक अन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटक अन्तर्गत धम्मसङ्गणी, विभङ, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठानलगायत अध्याय छन् । रासस