११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म प्रधानमन्त्रीको दौडमा छैन, चुनावमा जनताले दिएको म्याण्डेड अनुसार चल्छु : देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवासमा एक पुस्तकको  विमोचन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् । 

चुनावमा जनताले दिएको म्याण्डेड अनुसार आफ प्रधानमन्त्री बन्न नचाहेको देउवाले दाबी गरे । ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो,’ उनले भने, ‘विपक्षी दलको नेता प्राइम मिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच छैन । मलाई यसमा लाग्नुपनि छैन ।’

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।