६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै



अ+ अ-

फोटो- एन्फा

काठमाडौँ । आज नेपाल र मरिससबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल बेलुका पौने ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अफ्रिकी देश मरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–० ले जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । शनिबार भएको खेलमा नेपालका विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । नेपालले दोस्रो खेलका लागि छुट्टै टोली मैदानमा उतार्दैछ । पहिलो खेलमा रहेको १५ जना खेलाडीसहित अन्य ८ खेलाडी सहभागी हुनेछन् । यद्यपि आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् ।

उनले डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखेका छन् । मरिससले पनि यो खेलमा जित निकाल्दै फर्कने योजना बनाएको छ । कोरोना सङ्क्रमणका कारण पहिलो खेलमा मरिससका मुख्य चार खेलाडीले खेल्न पाएका थिएनन् । आज उनीहरुले खेल्ने छन् । मरिससका प्रशिक्षक टोनी मारिएले चार खेलाडी खेल्दा टिम थप बलियो हुने बताएका छन् । फिफा वरीयतामा नेपाल १६९ र मरिसस १७२औँ स्थानमा छ । लगातार दोस्रो जित निकाल्न सके फिफा वरीयतामा नेपालको स्थान सुधार हुने अपेक्षा गरिएको छ ।