• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि



काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन जोडे ।

यस्तै, आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।

बलिङतर्फ आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, शाहव आलम र बसिर अहमदले १/१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन जोड्यो । आर्मीका लागि विवेक यादवले अर्धशतक प्रहार गरे । उनले ६३ रन बनाए ।

यस्तै, सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्की ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भए ।

बलिङतर्फ पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३/३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १‍/१ विकेट लिए ।