• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

‘आँशुले धानेको देश’ (फोटोफिचर)



काठमाडौं । विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजिमा विदेश भौंतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन ।

नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरुको संख्या ठूलो छ । धेरैजसो नेपालीहरु स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा विदेशिन बाध्य छन् ।

यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरुको क्रन्दन र रोदन हेरे र सुने पुग्छ । आफ्नो परिवारलाई राम्रो, खुशी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर विदेशिएका कतिपय नेपालीहरु त उतै अस्ताउँछन् । त्यतिमात्रै होइन, शव ल्याउन पनि लाशमाथिको राजनीति शुरु हुन्छ । सीप सिकेर गएकाहरुले केही काम गर्नसक्छन् । तर सीप सिकेर विदेश नगएकाहरु कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन् ।

यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन् । यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन् । यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरु अझैपनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन् । बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी नेतृत्व वर्गमै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ । देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ ।

त्यसैले नै होला भोलिका भविष्यहरु आज आफ्नो आँशु झारेर भएपनि आफ्नो भविष्य सुरक्षित राख्न विदेशिएका छन् । परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भएपनि विदेश जाँदैछन् ।

किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन् । नेताहरु नै दुई थरिका कुरा गर्छन् । सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै राजगारी दिनेकुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन् ।

चिकित्सक, नर्स, श्रमिकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरुले नै देखाउँछ । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारलै कैद गरेका देश दुखेको कथा आजको फोटो फिचरमा ।