काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका अध्यक्षद्वयले सभामुखलाई भेटेका छन् । आईतवार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका हुन् ।
दाहाल-नेपालले आजका लागि तय भएको संसद बैंठकका विषयमा छलफल गर्न सभामुखलाई भेटेका स्रोतको दावि रहेको छ । प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसद् बैठक बस्न लागेको हो।