काठमाडौं ।सत्तारुढदल भित्रको अन्तरकलहको प्रभाब संसदको पहिलो बैठकमा परेको छ । कार्यब्यवस्था समितिको बैठक बस्न नसक्दा प्रतिनिधिशभाको आजको बैठकको पूर्बनिर्धारित कार्यसूची परिबर्तन भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको भन्दै सभामुख अग्नी सापकोटाले अन्य कार्यसूची नराख्न संसद सचिवालयलाई निर्देशन दिनु भएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा मन्त्रीमण्डल पून गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित हुने छ ।
अर्को बैठकको मितिका बारेमा भने सभामुखले दलहरु संग पछि छलफल गर्ने जनाईएको छ ।