१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन



अ+ अ-

एजेन्सी । भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान उनको निधन भएको भारतीय मिडियाले लेखेको छ । अभिनेत्रीको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ ।

पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहान हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुस्ख लागेको छ। उहाँको सम्पर्कमा आएका हरेक व्यक्तिले उहाँलाई मायाले भेट्थे । शोकको यस समयमा, हामी गोपनीयता अनुरोध गर्दछौं। हामीले साझा गरेको सबै कुराको लागि हामी उहाँलाई मायापूर्वक सम्झनेछौं।’

नायिकाको निधनको खबर आएपछि फ्यानहरु गहिरो शोकमा परेका छन् र सामाजिक सञ्जालमा पोष्ट गर्दै दु:ख व्यक्त गरिरहेका छन् ।

पूनम पाण्डे निकै चर्चित मोडल थिइन् । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीको कुरा गर्दा उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।