३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं एक्सेल्सियर कप: एक्सेल्सियर र काष्ठमण्डप क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर ‘नीलो’ ले संस्कृतिलाई २१–१२ ले पराजित गर्‍यो । विजेताकी अकिना घिमिरेले १२ अंक जोडिन् । काष्ठमण्डपले एक्सेल्सियर ‘रातो’ लाई १७–२ ले हरायो । विजयी टिमका लागि रिया राईले ६ स्कोर गरिन् । सिनियर गल्र्समै न्यु जेनिथले ल्यान्डमार्कमाथि २०–११ को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । न्यु जेनिथकी राइसाले ८ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले होली भिजनलाई ४२–२४, पुष्पसदनले टीआईएलाई ५३–३२ र जेनिथले एक्सेल्सियरलाई ४१–१८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८, पुष्पसदनका कृष ओलीले १३ र जेनिथका सागर श्रेष्ठले २० स्कोर गरे ।

ब्वाइज फुटसल :

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१३ मा एलआरआईले एक्सेल्सियरलाई ३–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई २–० र बोधीसत्वलाई १–०, द चाँदबागले जोन डेवीलाई २–० तथा सेक्रेड हार्टले राई स्कुललाई २–० गोलले पराजित गरे ।

यु–१२ मा एलआरआईले स्वस्तिश्री गुरुकुललाई २–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई २–१, मोर्डन इन्दियन स्कुलले न्यु जेनिथलाई १–०, बृहस्पति विद्या सदनले एक्सेल्सियर ‘पहेलो’ लाई २–०, चाँदबागले राई स्कुललाई २–० र रिब्सले एक्सेल्सियर ‘पहेलो’ लाई २–० गोलले हराए ।