२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

जन्मदिनमा मैनबत्ती बाल्ने र निभाउने चलन कसरी सुरु भयो?

जन्मदिनमा मैनबत्ती बाल्ने र निभाउने चलन कसरी सुरु भयो?
अ अ+ अ-

एजेन्सी । हामी सबैले जन्मदिन मनाउन केक काट्ने गर्छौँ । केकमाथि मैनबत्ती बाल्ने र त्यसलाई फुकेर निभाउँने गर्छौँ । यो प्रवृत्ति वर्षौंदेखि चलिआएको चलन हो । , तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो कसले सुरु गर्यो?

केकमा मैनबत्ती बालेर त्यसलाई निभाउने परम्परा सबैभन्दा पहिले प्राचीन सभ्यताको देश ग्रीसमा सुरु भएको थियो । शताब्दीयौं अघि यस देशका मानिसहरू केकमा बालिएको मैनबत्ती बोकेर आ-आफ्नो प्रार्थना गर्ने स्थानमा जाने गर्दथे। त्यहाँ गएपछि मात्रै यहाँका मानिसले केक काट्ने गर्थे र त्यसअघि मैनबत्ती पनि निभाउँथे ।

ग्रीसका मानिसहरू मैनबत्तीबाट निस्कने धुवाँ ईश्वरसम्म पुग्छ भन्ने विश्वास गर्थे। त्यसैले यहाँका जनताले यो चलन सुरु गरेका थिए ।

केकमा राखिएको पहिलो मैनबत्ती सन् १७४६ मा ग्रीसमा भएको भनिन्छ । त्यस दिन एक महान समाज सुधारकको जन्मदिन रहेको बताईन्छ । यस दिनदेखि नै यहाँ केक काट्नुअघि मैनबत्ती निभाउने काम सुरु भएको हो ।

हिन्दु परम्पराअनुसार भने शुभ पर्व या कार्यको समयमा दियो बाल्ने गरिन्छ । दियो या अग्नी जलाउदा व्यक्तिमा सात्विक गुणहरू उत्पन्न हुने जनविश्वास छ । आगोले नराम्रो नजर र भयंकर क्रोधलाई शान्त पार्ने बताईन्छ । जन्मदिन पनि शुभ कार्य भएकोले भगवानको अगाडि दियो बाल्नु या होम गर्नुलाई शुभ मानिन्छ । यद्यपी, दियो या अग्निलाई फुकेर निभाउनुलाई भने अशुभ मानिन्छ ।

हिन्दु परम्पराअनुसार दियो निभाउनु अशुभ मानिने भएकाले यहाँ पश्चिमापरम्पराअनुसार केकमा मैनबत्ति निभाएर जन्मदिन मनाउन थालिएको हो ।