• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला एक सय रूपैयाँले बढेर एक लाख १८ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै मूल्यमा यथावत रहि प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।