३० माघ २०८१, बुधबार
,
Latest
शंकरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा



अ+ अ-

कास्की । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भएका उनले रु १० हजार पुरस्कार पाए ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले आक्रामक खेल खेल्यो । पुलिस क्लबले भने पाएको अवसरको फाइदा उठाउन सकेन । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

पुलिस क्लब र चर्च ब्वाइज अघिल्लो संस्करणदेखी आहा रारामा सहभागी भएका हुन् । अघिल्लो पटक प्रिक्वाटर फाइनलमा यी दुवै टोली भिडेका थिए । त्यसबेला पनि चर्च ब्वाइजले २–१ गोलले खेल जितेको थियो । चर्च ब्वाइज अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । पुलिस क्लबले भने क्याराभान गोल्डकपसहित हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल थ्रिस्टार क्लब र जावालखेल क्लबकाबीच हुने आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्ने छ ।