• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

सामाजिक परिवेशमा बनेको ‘डिङ्नो’को प्रसारण सुरु



काठमाडौँ । नयाँ टेलिश्रृंखला ‘डिङ्नो’को प्रसारण सुरु भएको छ । सामाजिक परिवेशलाई जिवन्त उतार्दै फरक स्वादमा फरक भूगोलबाट निर्माण गरिएको डिङ्नोको गएको सोमबारदेखि हिमालय टेलिभिजन र ईएच डिजिटल युट्युवमार्फत प्रसारण सुरु भएको छ ।

टेलिश्रृंखलाको पहिलो भाग सार्वजनिक भएसँगै दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ । धेरैले मौलिक कथामा निर्माण भएको र कथा मनपरेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

लुम्बिनी प्रदेशको दाङ र आसपासको ग्रामिण परिवेशको प्रतिनिधित्व गरेको कथाले समग्र देशका कुना कन्दरा र विदेशसम्मका भोगाई छुने प्रयास गरिएको टेलिश्रृंखलाका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिएका छन् ।

‘हजारौँ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको झिनो सपनाको झोला बोकेर विभिन्न बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गरेका छौं,’ निर्देशक बुढाथोकीले भने ‘हिजोको हराभरा परिवेश भएका गाउँबस्ती आज सुनसान मात्रै होइन कहिलेकाहिँ त् मलामी बिहिन पनि बनेको छ । यस्ता कुरालाई केहिहदसम्म रोक्ने प्रयास टेलिश्रृंखला डिङ्नोले गर्ने विश्वास लिएका छौं ।’

डिङ्नो प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखि ९ बजेसम्म प्रसारण भइरहेको छ । डिङ्नोमा कुलदिप अधिकारी, रोश्नी कार्की, जेबि डिसी, बिष्णु बुढाथोकी, पुर्ण बहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ ।

योगेश काजीको शिर्ष गीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पुर्ण बहादुर गन्धर्वको पटकथा तथा संवाद रहेको छ । यस्तै सन्जिव कार्कीको सहायक निर्देशक, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माता र शैलेश खत्री निर्मातामा रहेका छन् । कथा भने कुल्दिप अधिकारीको रहेको छ । टेलिश्रृंखला एडी रिलिजले बजार व्यवस्थापन गरेको छ ।