२० पुष २०८१, शनिबार
,
Latest
विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन माओवादी केन्द्र केन्दीय समिति बैठक आइतबार नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छः अध्यक्ष दाहाल एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै चिनियाँ चलचित्र महोत्सव पुस २५ मा पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान सन्यासको बारेमा रोहितले भने- दुई सन्तानका बाबु हुँ, के गर्नुपर्छ भन्ने मलाई थाहा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद दिवसको प्रेरणालाई नभुलौँ : अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गर्नुभएको छ ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।