२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिनुएको छ । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गर्नुभयो । केन्द्र प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी समेत दिनुभयो ।

“केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरु यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरु यही हुनुहुन्छ । यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउछौँभन्दा छेक्नुपर्ने कारण छैन”, मन्त्री बस्नेतले भन्नुभयो, “केन्द्रलाइ प्रतिष्ठानका रुपमा विकास गर्न प्रक्रिया अघि बढेको छ । सरकार ‘कन्भिन्स’ भएको छ । हामी तपाईंहरुको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ ।”

यही वर्ष भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उहाँको भनाइ छ ।

“संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रुपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस् । मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहनेछैन, प्रक्रिया अघि पनि बढिसकेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले भविष्यमा चिकित्सक र नर्सको अभाव खड्किन नदिनका लागि चिकित्सा शिक्षा ऐन संशोधनका लागि तयारी भइरहेको जानकारीसमेत दिनुभयो । उहाँले आधारभूत स्वास्थ्य उपचार र चिकित्सा शिक्षा दुवै सँगसँगै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले दिनप्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गर्नुभयो ।

निर्देशक डा मल्ल केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्नतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । “विगत सात वर्षदेखि मुटु शल्य चिकित्सकको विधामा कोही पढन आएका छैनन् र यही अवस्था रहेमा केही वर्षभित्रमा मुटु शल्य चिकित्सकको अभाव हुन सक्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यस केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिए सो अभाव पूर्ति गर्न सकिनेछ ।” विक्रम संवत् २०५१ मा नौवटा शय्याबाट उपचार सेवा सुरु गरेको केन्द्र अहिले दुई सय ९६ शैय्यामा सञ्चालन भइरहेको छ । केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

केन्द्रले गत वर्ष सन् २०२३ मा एक लाख ९२ हजार नौ सय ९२ जना बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराएको छ । सोही वर्ष १४ हजार नौ सय ८८ जनाले अन्तरङ्ग उपचार सेवा लिएका छन् । यसैगरी, २० हजार तीन सय १७ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन्भने एक हजार आठ सय ३८ जना बिरामीले शल्यक्रिया गराएका छन् ।

गत वर्ष नै केन्द्रले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आठ हजार एक सय ७२ बिरामीको मुटु परीक्षण गरेको थियो । केन्द्रले विभिन्न विद्यालयका सात हजार सात सय १८ जना विद्यार्थी को ‘इको स्क्रिनिङ’ समेत गरेको थियो ।

गत आव ०७९/०८० को वार्षिक कार्यक्रम सञ्चालनका लागि सरकारतर्फ ५४ करोड २९ लाख खर्च भई सय प्रतिशत वित्तीय प्रगति भएको केन्द्रको प्रगति विवरणमा उल्लेख छ । यस्तै आन्तरिकतर्फ एक अर्ब ५१ करोड ९४ लाख बजेटमा एक अर्ब ४७ करोड ५८ लाख खर्च भई ९७ प्रतिशत वित्तीय प्रगति भएको छ । रासस