३० माघ २०८१, बुधबार
,
Latest
स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ रारा रिसोर्ट शिलान्यास – निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप भोलिदेखि



अ+ अ-

काठमाडौं । फुटबल र बास्केटबललाई समेट्दै द एक्सिेल्सियर स्कुलको आयोजनामा १० औं एक्सेल्सियर कप सोमबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत फाइभ ए साइड फुटबलमा विभिन्न ३ उमेरसमूहको प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी हुने छन् ।

सिनियर ब्वाइज बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा समान १२–१२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।

प्रिन्सिपल रजकले प्रतिभावान जुनियर खेलाडीको पहिचान गर्न प्रतियोगिताले मद्दत पुर्‍याउने बताउदै विद्यार्थीलाई शिक्षासंगै हरेक क्षेत्रमा क्रियाशिल बनाउन प्रतियोगिता आयोजना गर्दै आएको बताए । माघ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।