२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीको हातपात



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलका अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ ।

शुक्रबार अराइभलतर्फ रहेका प्रहरीले अध्यागमनका कर्मचारीको शरीर खानतलासी गर्ने क्रममा असभ्य बोलेको भन्दै कुटपिट गरेका हुन् ।

बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको हमालले बताए । छलफलको क्रममा सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो । त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि पनि आक्रमण भएको हो ।

पछिल्लो समय भिजिट भिषा सेटिङमा प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ । अध्यागमनका कर्मचारीले अमेरिकी डलर तस्करी गर्ने गरेको प्रहरीको आरोप छ ।