२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ मा वडा विकासको निरीक्षण



अ+ अ-

काठमाडौ । काठमाडौँ महानगरपालिकाको वडा नं. ७ ले पाँचौँ ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारका प्रतिनिधि र स्थानीय सँगै रहेर वडामा भएका पूर्वाधार निर्माणका कामको निरीक्षण गर्नु, यसको प्रभाव र अभावका विषयमा लाभग्राहीका कुरा सुन्नु कार्यक्रमको उद्देश्य हो ।

‘वडामा महानगरपालिकाको केन्द्र, वडा कार्यालय, संघ तथा प्रदेश सरकारको योजना तथा बजेटबाट योजना सञ्चालन तथा सम्पन्न भएका छन् ।’ वडाध्यक्ष विमलकुमार होडाले कार्यक्रमका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘विकास निर्माणका विषयमा टोलबासीका कुरा सुन्छौँ । उहाँहरुबाट आएका गुनासालाई आगामी कार्यक्रममा समेट्ने प्रयास गर्छौँ । यसबाट नीति तर्जुका लागि पनि पृष्ठपोषण प्राप्त भइरहेको छ ।’

आजको कार्यक्रममा रुद्रेश्वर उद्यान, रुद्रेश्वर मन्दिर, गंगाहिटी प्रवेश मार्गको निरीक्षण तथा शिव पाञ्चायन मन्दिरसँगैको खुला क्षेत्रको व्यवस्थापनका विषयमा स्थानीयसँग छलफल गरियो । रुद्रेश्वर उद्यान निर्माण गर्न वडाले २० लाख रुपैयाँ खर्च गरेको छ । यसमा सार्वजनिक शौचालय पनि बनाइएको छ ।


यस क्रममा संघीय संसद गगनकुमार थापा, प्रदेश सभा सदस्य मीना पराजुली, वडा सदस्यहरु, टोल सुधार समिति, उपभोक्ता समिति, क्लव तथा संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी हुनुहुन्थ्यो ।

वडाध्यक्ष होडाका अनुसार, वडाभित्र अहिले ३० वटा टोलसुधार तथा उपभोक्ता समितिहरु छन् । महानगरपालिकाले जारी गरेको टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०८० को व्यवस्था कार्यान्वयनको तयारी भएको छ । यसअन्तर्गत वडीमा १० वटा टोल विकास संस्था निर्माण गर्न सकिन्छ ।

वडाको मध्यमकालीन र दीर्घकालीन विकासका लागि पञ्चबर्षिय योजना तर्जुमा कार्यक्रमहरु भइरहेको होडाले जानकारी दिनुभयो ।