• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध ★   रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन् ★   पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन ★   पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प ★   अविरल वर्षाबाट जनजीवन प्रभावित, गृहमन्त्रालयमा आपतकालीन बैठक जारी ★   बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा ★   म्याग्दे खोलाको बाढीले तनहुँ घुम्तीका घर डुबानमा ★   कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा ★   गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार ★   मधेसका मुख्यमन्त्रीले गरे छ जना मन्त्रीलाई पदमुक्त

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी



मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणनामा महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी हुनुभयो । उहाँले छ हजार छ सय २२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)की उम्मेदवार रोचकुमारी चौलागाईंले दुई हजार पाँच सय ५२ मतभार प्राप्त गर्नुभयो ।

यसैगरी, दलिततर्फ नेकपा (एकीकृत समाजवादी)का धनश्याम रिजाल विश्वकर्मा विजयी हुनुभयो । उहाँले छ हजार पाँच सय १२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)का ध्रुवराज विश्वकर्माले तीन हजार ५३ मतभारत प्राप्त गर्नुभयो ।

यसैगरी, अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले छ हजार पाँच सय ३१ मतभारत प्राप्त गरी विजयी हुँदा गर्दा नेकपा (एमाले)का त्रिलोचन निर्मल पौडेलले दुई हजार तीन सय ५९ मतभार प्राप्त गर्नुभयो । साथै अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र०का श्रीकृष्ण अधिकारीले छ हजार चार सय ३६ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का विवेक देवकोटाले दुई हजार सात सय ३४ मतभार प्राप्त गर्नुभयो ।

मतदान प्रक्रियामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी तीन सय ४२ जनाले सहभागिता जनाउनुभयो । तीन सय ४७ जना मतदाता रहेको बागमतीमा प्रदेशसभाका दुई र स्थानीय तहका तीनजना गरी पाँचजना प्रतिनिधिले भने सहभागिता जनाउनुभएन । रासस