२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर्स कप पुरुष क्रिकेट पुलिस क्लब फाइनलमा



अ+ अ-

काठमाडौं । मेयर्स–११ माथि १ सय ३ रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाउँदा कृष्ण कार्कीले १९ रन, सिद्दान्त लोहनीले १८ रन जोडे । काठमाडौंका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सर्राफले ४ विकेट लिए । प्लेयर अफ दि म्याच बनेका उनले मात्र १६ रन खर्चिए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए । दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३र३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।

यता काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।