• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रतितोला चार सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।

लगातार पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर १४ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।