२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपाद्वारा आह्वान गरिएको बन्दको रौतहटमा आंशिक प्रभाव



अ+ अ-

जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेश प्रदेशमा आम हडतालको आह्वान गरेको छ । बैंकको ब्याज आतंकविरुद्ध आजपाले आज एक दिनका लागि हडतालको आह्वान गरेको हो ।

उनीहरुले बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रूपमा कर्जाको व्यवस्था गर्नु पर्नेलगायतका माग राखेका छन् ।

आपजाले रौतहटको गौर नगरपालिका र पूर्व-पश्चिम राजमार्गमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ‌। यसैबिच प्रदर्शन गरिरहेका २१ जना कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।

गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन । यद्यपी, गौरबाट लामो दुरीका सवारीसाधन ठप्प भएका छन् । पूर्व(पश्चिम राजमार्ग भने सञ्चालनमा रहेको छ ।