१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना



अ+ अ-

काठमडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।

हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस छ ।