२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं मेयर कप क्रिकेट : एपिएफ क्लबसामु १७८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । काठमाडौैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको हो । 

काठमाडौं मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो । काठमाडौँ मेयर ११ का लागि सन्दीप रजालीले ४८, हरिशङ्कर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाउनुभयो । बलिङतर्फ एपिएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन–तीन तथा वसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिनुभयो ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल भइरहेको छ । वाग्मतीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । वाग्मतीले ४६ ओभरमा सात विकेटको क्षतिमा २४४ रन बनाएको छ । वाग्मती प्रदेशबाट खेलिरहनुभएका पारस खड्काले शतकीय पारी खेल्नुभयो । खड्काले १३३ बल खेल्दै ११९ रन बनाउनुभयो । उहाँले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गर्नुभयो । रासस